डोमेन र होस्टिङमा फरक
डोमेन ठेगाना हो, होस्टिङ घर। डोमेनले मान्छेलाई बाटो देखाउँछ, होस्टिङमा तपाईंको वेबसाइटका पेज, फोटो र इमेल बस्छन्।
दुवै छुट्टाछुट्टै किन्न सकिन्छ। सानो पसल वा पोर्टफोलियोका लागि होस्टिङ निःशुल्क पनि पाइन्छ — हाम्रो starter kit मा तरिका छ।
कुन डोमेन छान्ने?
.com — सबैभन्दा चिनिएको। व्यवसाय, पसल वा व्यक्तिगत ब्रान्डका लागि पहिलो रोजाइ।
.com.np — नेपालको आफ्नै डोमेन, निःशुल्क, तर कागजात र स्वीकृति चाहिन्छ। .com.np कसरी दर्ता गर्ने हेर्नुहोस्।
.org — संस्था, NGO र समुदायका लागि।
.online वा .xyz जस्ता सस्तो देखिने डोमेनको नवीकरण दर धेरै महँगो हुन सक्छ, त्यसैले किन्नुअघि नवीकरण मूल्य हेर्नुहोस्।
नेपालमा डोमेनको मूल्य
हामीसँग .com पहिलो वर्ष रू१,६४९* (नवीकरण रू१,८९९) र .org रू१,१९९* पर्छ। भ्याट थपिँदैन, WHOIS Privacy निःशुल्क।
सबै मूल्य मूल्य सूची मा छ। eSewa, Khalti वा बैंक ट्रान्सफरबाट तिर्न सकिन्छ — eSewa बाट कसरी किन्ने।